संघीय संसदको दुबै सदनको बैठक बस्दै

कोहलपुर, असोज ७,

संघीय संसदको दुबै सदनको बैठक बिहीबार बस्दै छ ।

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्नका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै राष्ट्रियसभाले विनियोजन विधेयक, २०७८ परित गर्ने तयारी गरेको छ । गत मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुको विरोधबीच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८ टेबुल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share