रामचन्द्र पौडेलको चुनावीसभामा कविता वाचन गर्दागर्दै एक कार्यकर्ताको मृत्यु ।

१ मंसिर, । तनहुँको भानु नगरपालिका–१२ मा बिहीबार कांग्रेस नेता रामचन्द्र पौडेलको चुनावी सभामा कविता वाचन गर्दै गर्दा एक जनाको मृत्यु भएको छ । पौडेलले सभालाई सम्बोधन गरिसकेपछि उदघोषकले मञ्चमा बोलाएपछी
‘जबसम्म खोला बगिरहन्छ कांग्रेस रहिरहन्छ, म बाँचुञ्जेल कांग्रेस रहिरहन्छु’ भावको कविताका केही अंश वाचन गर्दैगर्दा कांग्रेस कार्यकर्ता श्रीभद्र पण्डित मंचामै ढलेका थिए ।
कांग्रेस कार्यकर्ताहरुले उपचारका लागि डुम्रेको अस्पतालमा त पुर्‍याए पनि उनलाई बचाउन भने सकिएन ।
कांग्रेस तनहुँले दिएको जानकारी अनुसार, ५६ वर्षीय पण्डितको शुक्रबार तार्कुघाटमा अन्त्येष्टि गरिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *