खोप केन्द्रहरु व्यवस्थित बनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

कोहलपुर, साउन १९,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना बिरुद्दको खोप लगाउने क्रममा भिभाड नगर्न, नगराउन सबैलाइ आग्रह गरेको छ ।

धेरै जसो खोप केन्द्रमा भिड देखिएको भन्दै आवश्यकता अनुसार खोप केन्द्र थप गर्न र भौतिक दुरि कायम गराउन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभियानलाई थप प्रभाकारी बनाउन सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको हो ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले विज्ञप्ति जारी गर्दै खोप अभियान सञ्चालन तथा व्यवस्थापनबारे माथिल्लो निकायमा जानकारी गराउनका लागि सम्पर्क व्यक्ति तोक्न सबै स्वास्थ्य कार्यालयलाइ निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share