दार्चुला घटना र खोपको विषयलाई लिएर एमालेद्धारा सरकारको आलोचना

कोहलपुर, साउन १९,

प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले दार्चुला घटना र खोपको विषयलाई लिएर सरकारको आलोचना गरेको छ ।

प्रतिनिधि सभाको शुन्य समयमा बोलेका प्रमुख प्रतिपक्षका सांसदहरुले दार्चुला घटनामा सरकार मौन बसेको आरोप लगाए । उनीहरुले भारतका विरुद्ध सरकार बोल्न नसकेको र भारतको लागि सजिलो बनेको भन्दै आपति जनाएका छन् । सांसद भुमि प्रसाद त्रिपाठीले दार्चुला घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरे ।

अर्का सांसद महेश बस्नेतले काँग्रेस नेतृत्वको सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाउनुभयो । त्यस्तै सरकारले खोपको दुरुपयोग गरेको आरोप पनि लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share