दार्चुला घटनाः छानविनका लागि गृहमन्त्री तयार

कोहलपुर, साउन १९,

गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्ने क्रममा तुइनबाट दार्चुलाका जयसिंह धामी वेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानविन समिति गठन गरेको बताएका छन् ।

गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा छानविन समितिले दिएको प्रतिवेदनको आधारमा सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले छानविन समितिले घटनास्थलमै गएर छानविन गर्ने र प्रत्यक्षदर्शीहरुको बयानलाई मूल आधार बनाएर छानविन गर्ने जानकारी दिए ।

स्थानीय नागरिकसँग पनि बुझेर छानविन समितिले सत्य तथ्यसहितको प्रतिवेदन ल्याउने र प्रतिवेदनले दिएको निष्कर्षलाई सरकारले दृढताका साथ अघि बढाउनेछ तथा जस्तोसुकै कदम चाल्न पनि सरकार तयार हुने प्रतिवद्धता उहाँले व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share