ईपीएस उत्तीर्ण व्यक्ति रोकिएकोमा संसदीय समितिहरूको चासो

कोहलपुर, साउन १८,

दक्षिण कोरिया जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेकाहरूका बारेमा संसदीय समितिहरूले चासो देखाउने क्रम बढेको छ ।

प्रतिनिधि सभाको संसदीय समितिले यसअघि नै उनीहरूलाई दक्षिण कोरिया पठाउनका लागि समन्वय गर्न सरकारलाई निर्देशन दिइसकेको अवस्थामा राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले पनि ईपीएस उत्तीर्ण भएकालाई नरोक्न भनेको हो । हिजो बसेको समितिको बैठकले ईपीएस परीक्षा पास गरेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिका सभापति रामनारायण विडारीका अनुसार सबै निकायले दक्षिण कोरिया जानका लागि योग्य नेपालीहरूलाई चाँडै पठाउनका लागि प्रक्रिया सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । ईपीएस परीक्षा पास गरेका करिब १० हजार कामदारहरूले दक्षिण कोरिया पठाउने काममा सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी दिएपछि समितिले सरोकारवाला निकायलाई बोलाएर छलफल गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share