चीन र जापानले दिने कोरोनाविरुद्धको खोप यसै साता नेपाल आइपुग्ने

कोहलपुर, साउन १८,

चीन र जापान सरकारले अनुदानमा दिने घोषणा गरेको नोबेल कोरोना भाइरसविरुद्धको खोप यसै साता नेपाल आउने भएको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चीनबाट १६ लाख र जापानबाट १६ लाख खोपको मात्रा यही साता नेपाल आउने जानकारी गराए । गृहमन्त्रालयमा हिजो भएको छलफलमा उहाँले यसबारेमा जानकारी गराएका छन् । चीनले यसअघि पनि नेपाललाई दुई चरणमा १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा दिएको थियो । त्यसबाहेक सरकारले चीनसँग ४० लाख डोज खोप पनि खरिद गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share