२४ घण्टामा थप २ हजार ५६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

कोहलपुर, साउन १७,

पछिल्लो २४ घण्टामा थप २ हजार ५६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४ सय २ ओटा पीसीआर परीक्षणमा १९१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६ जनामा सङ्क्रमण पुष्टि भएको हो । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने २०२० जनाको सङ्क्रमणमुक्त भएका छन् ।

आईतबार थपिएका सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ । ती मध्ये ९ हजार ७५ जनाको मृत्यु भएको छ भने ६ लाख ५६ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ३१ हजार २९ जना रहेका छन् ।

जस मध्ये २८ हजार ६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामी मध्ये ६७७ जना आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share