बाढीका कारण सिन्धुपाल्चोकमा फेरि १७ घर टहरा बगाए

कोहलपुर, साउन १७,

शनिबार राति देखि आएको बाढील हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ ।

९ पक्की र ८ कच्ची गरि १७ घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनका अनुसार असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घरहरु गए रातिको बाढीले बगाएको हो । ती घरहरु खाली थिए । बाढीले चनौटेको रातो पुल बगाएको छ ।

स्थानीय हस्त पण्डितले दिनुभएको जानकारी अनुसार ७ः ४५बजे पुल बगाएको हो मेलम्ची ७ र ८ पाँचपोखरी १ र २ र हेलम्बुका धेरैवडा जोड्ने एक मात्र बिकल्पको रुपमा यो पुल रहेको थियो । पुल बगाए संगै अब योभेगमा सवारी आवत जावत बन्द भएको छ । त्यस्तै ग्याल थुममा रहेको एउटा झोलुङ्गेपुल बगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share