‘मास्क लगाऔं, आफू र अरुको जीवन बचाऔं’

कोहलपुर, साउन १७,

कोभिड–१९ संक्रमणमा कमी आएपनि जोखिम कायमै रहेकोले सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले आग्रह गरेको छ ।

कोभिड विरुद्ध अनिवार्य मास्क अभियान कार्यक्रम मार्फत सर्तकता अपनाउन आग्रह गरेको हो । ‘नाक मुख पूर्ण रुपमा छोपिने गरि मास्क लगाऔं, आफू र अरुको जीवन बचाऔं’ भन्ने मुख्य उद्देश्यका साथ तपाईको मास्क खोई ? अभियान मार्फत सचेत गराएको हो । शनिबार नेपालगञ्जमा सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टको नेतृत्वमा मास्क नलगाई हिड्नेहरुलाई मास्क समेत वितरण गरिएको छ ।

विष्टले कोरोना संक्रमणबाट जोगिन अनिवार्य रूपमा मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र सेनिटाईजार प्रयोग गर्ने वा समय समयमा सावुनपानीले हात धुन नागरिकलाई सुझाव दिएका छन् । ‘हामी जोगिने हाम्रै सावधानीले हो भन्ने कुरा नविर्सौं’ भन्दै उनले बाँके जिल्लामा जारी निषेधाज्ञा केही खुकुलो मात्र गरिएको जानकारी दिए ।

निषेधाज्ञा नहटाईएको बताउँदै विष्टले जारी आदेशको पुर्ण रूपमा पालना गर्नु सवैको कर्तव्य भएको बताए । कर्तव्य विमुख हुँदा कानूनी कारवाही हुने भन्दै निषेधाज्ञाको पालना गरि असल नागरिकको रूपमा प्रस्तुत हुन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share