माओवादी केन्द्र कोहलपुर नगर स्तरिय स्कुलिङ्ग कार्यक्रम सम्पन्न

बिधुत्मा रैका,
कोहलपुर, साउन १६,

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुर नगरपालिका स्तरिय स्कुलिङ्ग कार्यक्रम सम्पन्न भएको छ ।

माओवादी केन्द्र कोहलपुर नगरपालिका स्तरिय नगर कमिटि संयोजक तुलाराज बिष्ट ‘बिहानी’को अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेश ईञ्चार्ज काली बहादुर मल्ल प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मल्लले कोहलपुर माओवादीले स्कुलिङ्ग कार्यक्रम चलाएर आफ्ना नेता तथा कार्यकर्तालाई माक्र्सवादको सिकाइसम्बन्धी ज्ञान दिनु उल्लेख्य काम भएको बताए ।

मल्लले माक्र्सवादको सिद्धान्त विचार सर्वहरावर्गको मुक्तिसँग जोडिने भएकोले माक्र्सवादको विचार, सिद्धान्त आदिवारे बहस, छलफल र अन्तरक्रिया गर्न आवश्यक रहेको बताए । कार्यक्रममा लुम्बिनि प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपानेले माक्र्सवादलाई पढेर बुझ्न सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । न्यौपानेले स्कुलिङ्ग कार्यक्रमले नेता तथा कार्यकर्तामा जागरुकता ल्याउने बिश्वास व्यक्त गरे । उनले यस कार्यक्रमबाट सिकेका कुराहरुलाई प्रयोग गरि सहि सावित गर्न सुझाव दिए ।

यस्तै युवा नेता नरेन्द्र पाण्डेले माक्र्सवाद नपढी माक्र्सवादी हौं भन्दै हिंडनेहरु सही मार्क्सवादी नभएको बताए । पार्टीका कार्यक्रममा आफू प्रशिक्षक भएर जादाका अनुभव सुनाउँदै पाण्डेले माक्र्सवालाई गलत पढाउनेहरु पनि सही माक्र्सवादी प्रशिक्षक नभएको बताए । कार्यक्रममा बोल्दै माननिय कृष्णा केसी ‘नमुना’ले कोहलपुर नगर कमिटिले राखेको स्कुलिङ्ग कार्यक्रम प्रभावकारी हुने बताईन् । साँचो अर्थमा माक्र्सवादलाई बुझने र बुझाउने सवालमा स्कुलिङ्ग कार्यक्रम एउटा कोशे ढूङगा साबित हुने निश्चित रहेको उनको तर्क थियो ।

बिद्यार्थी नेता राजेन्द्र विष्टले कार्यक्रमको बारेमा सुझाव दिदैं क्रान्तिको पक्षमा रुपान्तरणका लागि एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीले आफनो पार्टीभित्र निरन्तर चलाउनु पर्ने स्कुलिङ्ग कार्यक्रमको निकै महत्व रहेको बताए । उनले यस्तो कार्यक्रम कोहलपुरमा पहिलो पटक सुरु गरिएकोले पनि यो कार्यक्रमको महत्व अझ बढी रहेको धारणा व्यक्त गरे । आफ्नो पार्टीमा रहेका नेता कार्यकर्तालाई माक्र्सवादको चिन्तन बुझाउन जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रमको समापन गर्दै संयोजक ‘बिहानी’ले माक्र्सवादको रक्षा र विकास गर्दै नेपाली क्रान्तिलाई उचाइमा लैजाने उद्देश्यले साउन १० गतेदेखि १६ गतेसम्म पार्टी कार्यालयमा स्कुलिङ्ग कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको बताए । महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक बिष्णु केसी कार्यक्रममा प्रशिक्षकका रुपमा रहेका थिए भने यस क्षेत्रका माओवादी केन्द्रमा आश्थावान नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । युवा नेता मनोज बुढा क्षेत्री लगायतका नेता कार्यकर्ताहरुले सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share