सर्ट फिल्म ‘लकडाउन’ सार्वजनिक

कोहलपुर, साउन ५,

सामाजिक संजाल युटुबमा सर्ट फिल्म ‘लकडाउन’ सार्वजनिक गरिएको छ ।

तिलक गौतमको निर्देशन रहेको सर्ट फिल्म ‘लकडाउन’ सार्वजनिक भएको हो । नुतन मिडिया परिवारले निर्माण गरेको फिल्ममा खेमनाथ खनाल, सृष्टि आचार्य, रमेश केसी, सन्तोष पाण्डे, करुणा पोखरेल, पवित्रा भट्टराई, सन्तोष पराजुली तथा सावित्रा आचार्य लगायतको मुख्य भूमिका छ ।

करिब २३ मिनेटको सर्ट फिल्मले लकडाउनका कारण निम्त्याएको आर्थिक, सामाजिक समस्यालाई देखाएको छ भने विषेशगरि मानसिक असरलाई देखाईएको छ । लकडाउनका कारण मानसिक असर परी डिप्रेशनमा गएको तथा आत्महत्या गर्ने दुष्साहस गरेको फिल्ममा देख्न सकिन्छ । यस्तै युवा युवतीमा आत्मिक सम्बन्ध र लकडाउनको पीडा दर्साउन खोजेको छ ।

लाईटमा सन्तोष पराजुली, एमयुए मा पवित्रा भट्टराई, क्यामेरामा गोविन्द घिमिरे रहेका छन् । मेक बहादुर थापाले सम्पादन गरेको मुभि खेमनाथ खनालले लेखेका हुन् । मिडिया पार्टनरको श्रपमा इआवाज डट कम रहेको छ । मुभि निर्माणमा सहयोग गर्ने माधव सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share