कोहलपुरका १२ आधारभुत विद्यालयलाई कम्प्युटर र प्रिन्टर

कोहलपुर, असार ३०,

कोहलपुर नगरपालिकाले आधारभूत तह कक्षा (१–८) संचालन भएका विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।

नगरपालिका अन्तर्गतका आधारभूत तह कक्षा १ देखि ८ सम्म संचालन भएका १२ वटा विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो । कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर, उपप्रमुख सञ्जु कुमारी चौधरी तथा प्रमुख प्रशासकिय अधिकृत अनन्त कुमार पौड्यालको उपस्थितीमा कम्प्युटर र प्रिन्टर दिईएको हो ।

कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण गर्दै रावतले यस क्षेत्रका बालबालिकाहरुलाई गुणस्तरिय तथा प्रविधि मूलक शिक्षा प्रदानका नगरपालिकाले कम्प्युटर र प्रिन्टर उपलब्ध गराएको बताएका छन् । उपप्रमुख चौधरीले कोहलपुर नगरपालिकाले प्रदान गरेको कम्प्युटरहरुको सही प्रयोगमा ल्याउन आग्रह गरिन् । कोहलपुरका १२ वटा सामुदायिक विद्यालयलाई ५० हजारका दरले कम्प्युर र प्रिन्टर उपलब्ध गराईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share