विपद्को उच्च जोखिमबारे नागरिकलाई समयमै पूर्व सूचना दिनेछौं–जलविद् पराजुली

बिधुत्मा रैका,
कोहलपुर, जेठ २८,

देशको पश्चिमी क्षेत्र सुदूरपश्चिम, कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेशको तराई र पहाडी क्षेत्रमा मौसम बदली भएको छ ।

बिहीबार बिहानैदेखि पश्चिमी क्षेत्रमा मौसद बद्ली भई धेरै ठाउँमा वर्षा भएको छ । हाल देशको पूर्वी भु–भागमा मनसुन प्रवेश गरिरहेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख तथा जल विद् बिनोद पराजुलीले बताएका छन् । यसवर्षको मनसुनलाई प्ररीक्षेपण गरिए अनुसार औसत भन्दा अधिक वर्षा हुने सम्भावना रहेको कार्यालय प्रमुख पराजुलीले बताए ।

उनले मौसम कार्यालयको आँकलन अनुसार नेपालको पश्चिम पहाडी तथा हिमाली क्षेत्रमा क्षेत्रमा अधिक वर्षाको सम्भावना रहेको हुँदा सतर्क रहन आग्रह गरेका छन् । गृह मन्त्रालयको सूचना अनुसार यस वर्ष बाढी तथा पहिरोको घटनाहरुमा पनि वृद्धि हुने आँकलन गरिएको छ । देशभर करिब १८ लाख जनसंख्या बाढी तथा पहिरो प्रभावित हुन सक्ने अनुमान गरिएको पराजुलीको भनाई छ । उनले भने,–‘मनसुन सुरु हुनु अगावै कुन जिल्लामा ठुलो पानी पर्ने सम्भावना छ र बाढी, पहिरो तथा डुवान जस्ता विपद्को अवस्था आउन सक्छ । विपद्को प्रभाव रहने क्षेत्रका नागरिकलाई ३ दिन नभए १ दिन अगावै पूर्व सूचना दिने प्रयासमा छौं ।’ उनले मौसम सम्बन्धिको सूचनालाई समयमै जनस्तरसम्म पुराउन सके क्षेति हुनबाट रोक्न सकिने बताए ।

हाल बाँके जिल्ला डुवानका लागि नेपालकै उच्च जोखिममा रहेको बताउँदै बाढी तथा डुवानको समस्या अझ बढ्दै गएको पराजुलीले बताए । उनले भने,–‘विगतका वर्षहरुमा डुवान हुँदै आएका क्षेत्रका नागरिकहरुले यस वर्ष थप सतर्कता अपनाउन जरुरी छ ।’ उनले संरचना तथा विकास निर्माणले पानीलाई बहने बाटो बन्द रहेको अवस्थाले गर्दा पनि जिल्लामा डुवानमा बढी समस्या देखिएको बताए । पानीको निकास नपाउँदा नेपालगंज सहित बाँके डुवानको उच्च जोखिममा रहेको जानकारी दिए । बाढी तथा डुवानबाट सर्तक रहनको लागि बबई, मानखोला, कर्णालीको समग्र क्षेत्र, मोहना, महाकाली नदी क्षेत्रमा पूर्व सूचना प्रणाली स्थापना गरेको छ ।

सूचना प्रणाली मार्फत एनसिएल तथा एटिसि प्रयोग कर्तालाई एस.एम.एस.बाट जोखिम क्षेत्रबारे सूचित गराउने छ भने सरोकारवालाहरुलाई वेवसाईड मार्फत सूचना प्रवाह गर्ने पराजुली बताउँछन् । जल तथा मौसम विज्ञान कार्यालयले दिएको पूर्व सूचना, मौसम सम्बन्धिको जोखिमबार जानकारी विभिन्न समाजिक सञ्जाल फेसबुक, ट्वीटरमा प्राप्त गर्न सकिने छ । जल तथा मौसम विज्ञान कार्यालय समयैमा सबै पक्षहरुलाई सूचना पुराउँने तथा समयमै पूर्व सूचना दिएर जनधनको क्षेति हुन नदिने मुख्य उद्देश्यका साथ काम गरिरहेको पराजुलीले दावी गरे ।

बाँके जिल्ला, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशका जलाधार क्षेत्रमा मौसमका कारण हुन सक्ने सम्भावित दुर्घटना न्युनिकरणका लागि जिल्ला विपद व्यवस्थापन समिति, प्रदेश विपद व्यवस्थापन समिति, रेडक्रस, सुरक्षाकर्मी तथा स्थानीय सरकारसँग मिलेर छलफल गरिरहेको जानकारी दिए । विगतका वर्षहरु भन्दा यसवर्ष समन्वयको काम थप प्रभावकारी बनाएको बताए । उनका अनुसार मनसुनको सुरुवातीमा ठुलै दुर्घटना केही नहुने बताए । जमिनमा रहेको सुख्खापनाले तत्काल डुवानको समस्या नरहेपनि सगक रहन आग्रह गरे । उनी भन्छन्,–‘सुरुको अवस्थामा ठुलो पानी आएपनि ठुलो बाढी आईहाल्दैन । तर दोस्रो या तेस्रो पटक मनसुन सक्रिय हुँदा ठुलो बाढीको सिर्जना पनि हुन सक्छ । तर सतर्कता एकदमै जरुरी छ ।’

कोहलपुर कार्यालयको कार्य क्षेत्रका नागरिकहरुलाई कुनै सम्भावित दुर्घटनाको शंका लागेमा ०८१–५४०१०१ तथा जल तथा मौसम विज्ञा विभागको कार्यालयको टोल फ्रि नम्बर ११५५ डायल गरि मौसम तथा बाढी सम्बन्धि जानकारी लिन सक्नेछन् । मौसम कार्यालयको सूचना अनुसार बाढी, पहिरो तथा डुवान हुन सक्ने क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान सुझाव दिए । ४ महिनाको मनसुन अवधीमा करिब ३÷४ वटा विपद्का घटना हुनसक्ने बताउँदै पराजुली सुरक्षित रहन आग्रह गरेका हुन् ।

तस्बिर :बिजय परियार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share