मुगुमा ३ सय भन्दा बढिले लगाए कोरोनाविरुद्धको खोप‘भेरोसेल’

कोहलपुर, जेठ २८,

मुगुमा ६२ देखि ६४ वर्ष उमेर समूहका ३ सय भन्दा बढिले पहिलो मात्राकोभेरोसेल खोप लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय मुगुका अनुसार जिल्ला भित्रका ४ वटा स्थानीय तहका गरी १ सय ६ वटा खोप केन्द्रबाट ३ सय ८० जनाले कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाएका हुन् । स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन दिप बहालुर रावलले दिएए ।

जानकारी अनुसार छायाँनाथ रारा नगरपालिकाका २ सय ३५, मुगुम कार्मारोङ्ग गाउँपालिकाका ३७, सोरु गाउँपालिकाका ४८ र खत्याड गाउँपालिकामा ४५ जना गरी ३ सय ८० जनाले खोपको पहिलो मात्रा लगाएका छन् । नगरपालिका भन्दा गाउँपालिकामा खोप लगाउनेहरु बढी उत्साहित रहेको भन्दै सहभागितपनि उत्साहजनक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share