१ करोड ८० लाखको लागतमा निमार्ण गरिएको नहरमा पानी आएन

कोहलपुर, जेठ २८,

बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ६ का स्थानियले पानी अभावका कारण सिचाइँ गर्न समस्या भएको बताएका छन् ।

जगन्नाथ गाउँपालिकाले निर्माण सम्पन्न गरेको कालगाड कापु सिचाइँ नहरमा पानी आउन छोडे पछि सिचाइँ गर्न समस्या भएको स्थानियले बताएका हुन् । वडा नम्बर ६का स्थानियको सिचाइँ समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाको १ करोड ८० लाख लागतमा निर्माण गरेको नहरमा पानी आउन छोडेपछि स्थानियलाई धानको वेर्ना जोगाउन समस्या भएको स्थानिय रामलाल विष्टले जानकारी दिए ।

सिचाइँ नहर सम्पन्न भएको करिब चार महिना वितिसक्दा पनि नहरमा पानी आए नआएको र गाउँपालिकाले अनुगमन समेत नगरेको उनले बताए । आकासे पानीको भरमा खेति हँुदै आएको अवस्थामा सिचाइँ नहर निर्माण हँुदा केहि सहज होला भन्ने आशमा रहेका स्थानियलाई नहर सुख्खा भएको देख्दा चिन्ता थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share