प्रधानमन्त्री रोजगार कार्यक्रमबाट नागरिकहरु प्रत्यक्ष लाभान्वित:वडा अध्यक्ष खत्री

कोहलपुर, जेठ २७,

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ठूलो उपलब्धीको रुपमा लिएको कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रेशम बहादुर खत्रीले बताएका छन् ।

कोरोनाले आर्थिक अवस्था नाजुक भएको बेला प्रधानमन्त्री रोजगार कार्यक्रमले थोरै भएपनि केही राहत मिल्ने अध्यक्ष खत्रीले बताएका हुन् । आफ्नो वडामा कार्यक्रमको सुरुवात गर्दै खत्रीले यसबाट नागरिकहरु प्रत्यक्ष लाभान्वित भएको बताएका हुन् ।

उनले रोजगारी सिर्जना गरेर जनताको जीवनस्तर माथि उकास्ने यसको उद्देश्य भएको बताए । आफ्नो वडामा यस कार्यक्रमको प्रभावकारीता सन्तोषजनक रहेको जानकारी दिए । रोजगार कार्यक्रमको बजेट सडक नाली सफा गर्ने, झार उखेल्ने लगायतका कामहरु यस कार्यक्रममा समावेश छन् । अध्यक्ष खत्रीले आफ्नो वडामा यो कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन भइरहेको दावी गरे ।

वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ५०० मिटर बाटो निर्माण गरिएको छ । सुन्दर नगर टोलमा बाटो निर्माण गरिएको हो । वडाका ४० जनाले काम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share