विकासको द्रुत गतिमा वडा नम्बर १

बिधुत्मा रैका,
कोहलपुर, जेठ २६,

बाँके जिल्लाको कोहलपुर नगरपालिकाको वडा नम्बर १ कोहलपुरको गरिमाको रुपमा लिन सकिने एक सुन्दर वडा हो । यो वडा कोहलपुर नगरपालिकाको मुटु भन्दा फरक पर्दैन । वडा नम्बर १ बिना समृद्ध कोहलपुरको कल्पना गर्न सकिँदैन । यो वडा प्राकृतिक सुन्दरताको खानी भन्दा खासै फरक पर्दैन । यहाँ विभिन्न हेर्न लायक क्षेत्रहरुसँगै मनोरम सुन्दर दृष्यहरुको अवलोक गर्न सकिन्छ । तर विकास निर्माणले पछाडी रहेको यस वडामा स्थानीय जनप्रतिनिधि आईसके पछि भने विकास निर्माणले निकै फड्को मारेको छ ।

यस वडामा विकास निर्माणका कामहरुले जनप्रतिनिधि आईसकेपछि तिव्रता पाईरहेको छ । जिर्ण रहेका विद्यालय भवनहरुको मर्मत सम्मार तथा पुनःनिर्माण गर्ने लगायतका विभिन्न भौतिक पूर्वाधारका कामहरु वडामा सम्पन्न भएका छन् । २० वर्षसम्म पनि जनप्रनिधि नहुँदा विकास निर्माणका कामहरु अलपत्र परेका थिए । अहिले अलपत्र योजना पनि निर्माणको चरणमा छन् । वर्खेयाममा धुलाम्मे, डुवान तथा हिउँदे याममा धुलाम्मे हुने सडकहरुमा अहिले वडाका नागरिकहरु निधक्क भएर आवत जावत गरिरहेका छन् । सडकमा नाली निर्माण गर्दै कालोपत्रे तथा ग्राभेल भैसकेका छन् । हालसम्म वडामा ‘ख’ लाईन १६५ मिटर बाटो कालोपत्रे तथा ४२० मिटर बन्ने क्रममा रहेको छ । आर्थिक वर्ष २०७४÷७५ मा १५६ मिटर बाटो कालोपत्रे गरिएको थियो ।

वडाका नागरिकको सहजताका लागि होमपाईप विस्तार तथा विभिन्न सडक मर्मत गरिएको छ । वडा कार्यालयको भवन निर्माण कार्य सम्पन्न भई सेवा सुचारु भैसकेको छ । तत्काललाई खानेपानीबाट २२० घरधुरीलाई पानी जडान गरि त्यसलाई व्यवस्थापन गर्ने काम पनि भैरहेको छ । शिक्षाका क्षेत्रमा पनि वडाले काम गरिरहेको छ । ज्ञानज्योती माविको भवन जिर्ण रहदा विद्यार्थीलाई पठन पाठनमा निकै समस्या भैरहेको थियो । तर वडाले उक्त भवको पुननिर्माण गरेको छ । विद्यालयमा विद्यार्थीको सहजताका लागि पङ्खा तथा डेस्क बेञ्च निर्माण गरिएको वडा अध्यक्ष गोपीलाल खनालले बताए । बाल बालिकाको सर्वाङ्गिण विकासका लागि बसाई व्यवस्थापनका साथै खेलकुद सामाग्री वडाले सहयोग गरेको अध्यक्ष खनालले बताए ।

खनालका अनुसार सडक डिभिजनको सहकार्यमा फिल्ड मर्मत, सामुदायिक भवन निर्माण, आधारभुत स्वास्थ्यचौकीको निर्माण, बिद्युत् जडान, किसानका लागि ३ महिने आलु पाठशाला संचालन जस्ता कामहरु वडाबाट भएका छन् । वडाले कृषि उत्पादनका लागि कृषकलाई उन्नत जातका विउविजनहरु वितरण गर्दै आएको खनाल बताउँछन् । खानेपानीको समस्यामा रहेका वडाका नागरिकहरुका लागि वडाले ४ वडा स्थानमा समर्सियल बोरिङको काम जडान गरिदिएको खानलले बताए । महिला तथा दलित समुदायका लागि पनि वडाले विभिन्न आयआर्जका कामहरु गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share