मुख्यमन्त्री त्रिलोचन भट्टलाइ विश्वासको मत प्राप्त

कोहलपुर, जेठ २५,

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् ।

नेकपा माओवादीका मुख्यमन्त्री भट्टको पक्षमा ३० मत खसेको छ भने विपक्षमा ९ मत खसेको छ ।भट्टलाई एमालेको माधव नेपाल समूहले विश्वासको मत दिएको थियो । काँग्रेस भने तटस्थ बसेको छ । एमालेको ओली समूहले भने भट्टलाई विश्वासको मत दिएनन् । बिहान बसेको एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले भट्टको पक्षमा विश्वासको मत दिने निर्णय गरेको थियो ।यसैगरी काँग्रेसले पनि आवश्यक परे विश्वासको मत दिने निर्णय गरेको थियो ।

एमालेको नेपाल पक्षले भट्टलाई विश्वासको मत दिएपछि काँग्रेस तटस्थ बसेको हो ।५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्थ्यो । आज ५१ प्रदेशसभा सदस्य मतदान प्रक्रियामा सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share