लक्ष्मण संगमका दुई गजल

१.
चाहेर पनि बोल्न सक्दैन उ लाटो हो
मैले बोलिदिएको उसको साटो हो

जाबा घैटाहरू बेचेर के गर्व गर्छौ
सरकार ! यो त देशको माटो हो

भन्नै नमिल्ने पाटा पनि छन् जिन्दगीका
तिमीसँग खुसी छु यो त एक पाटो हो

बञ्चरोले खायो अचानोको शरीर
यो बाँकी बचेको त घाउको खाटो हो

म बाटो बिर्सेर हिँडेको एक बटुवा हुँ
मानौ तिम्रो दिल एक दोबाटो हो

२.
वीर हुँ भन्थ्यो उसको वीरता काम लागेन
दुस्मनको बिरुद्धमा पनि खुलेआम लागेन

सधैं तिम्रो छायाँ बनेर हिँडिरहुँला भनेकी थियौ
दुर्भाग्य हाम्रो जिन्दगीमा सधैं घाम लागेन

म कस्तो पागल हुँ यो कस्तो पागल प्रेम हो
तिमी गइसकेपछि पनि मायामा पूर्णबिराम लागेन

छाती विछ्याएर बनाएँ मैले मनसम्म पुग्ने बाटो
तिमीलाई एकपटक पनि जाम जाम लागेन?

लक्ष्मण सङ्गम,
ढकारी गाउँपालिका १, अछाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share