विश्वभर १७ करोड १९ लाख ९३ हजार सङ्क्रमित

कोहलपुर, जेठ २०,

विश्वभर कोरोनाभाइरस कोभिड १९ काकारण १७ करोड १९ लाख ९३ हजार ६ सय ४५ जना सङ्क्रमित भएका छन् ।

सङ्क्रमित भएका मध्य पनि १५ करोड ४५ लाख १० हजार मानिस उपचार पछि निको भएका छन् । कोरोनाका कारण विश्वभर ३५ लाख७७हजार ४ सय ३६ जनाको मृत्यु भएको छ । कोरोनाको कारण सबैभन्दा धेरै अमेरिकामा ६ लाख १० हजार मानिसको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोनाका कारण ३ लाख ३५ हजार मानिसको मृत्यु भएको छ भने ब्राजिलमा ४ लाख ६५ हजार मानिसको कोरोनाको कारण मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ९ हजार मानिसको मृत्यु हुँदा रसियामा १ ला २२ हजार मानिसको कोरोनाकै कारण ज्यान गएको छ । इटलीमा १ लाख २६ हजार तथा बेलायतमा १ लाख २७ हजार मानिसको कोरोनाको कारण मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share