चीनबाट ९ लाख मात्रा कोरोनाविरुद्धको खोप आउने

कोहलपुर, जेठ १७,

चिनियाँ राष्ट्रपति सी जिन फिङले घोषणा गरेको कोरोनाविरुद्धको खोपमध्ये ९ लाख मात्रा मंगलबार नेपाल आइपुग्ने भएको छ ।

खोप लिएर नेपाल वायु सेवा निगमको जहाज दिउँसो साढे २ बजे काठमाडौँ अवतरण गर्ने छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान गएराति बेइजिङ गरेको दिउँसो आइपुग्ने जानकारी दिए ।

निगमको विमानले ८ लाख मात्रा भेरोसेल खोप ल्याउनेछ भने थप १ लाख खोपको मात्रा तीब्बतबाट आजै काठमाडौँ आउने जनाइएको छ । गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share