चिनिया खोप ल्याउन निगमको जहाज राति बेइजिङ जाने

कोहलपुर, जेठ १७,

चिनिया राष्ट्रपति सी जिन फिङले घोषणा गरेको सहयोगको खोप लिन नेपाल वायु सेवा निगमको जहाज आज बेइजिङ जानेभ एको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान आज बेइजिङ जान लागेको बताए । तौल बढी नभएको अवस्थामा ८ लाख डोज खोप ल्याउने तयारी भइरहेको उनको भनाइ छ । आज राति ११ बजे बेइजिङको लागि उड्ने जहाज भोलि दिउँसो साढे २ बजे खोप लिएर फर्किने छ ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share