स्वास्थ्यकर्मीलाई एक महिनाका लागि निःशुल्क भ्वाइस कल सेवा

कोहलपुर, जेठ ९,

देशभरका स्वास्थ्यकर्मीलाई एक महिनाका लागि निःशुल्क भ्वाइस कल सेवा दिने भएको छ ।

नेपाल टेलिकमले कोरोना महामारीमा सङ्क्रमणको परवाह नगरि फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिस्ट लगायत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि धन्यवाद स्वास्थ्यकर्मी अफर अन्तर्गत एक महिना सित्तैमा भ्वाइस कल सेवा दिने भएको हो ।

यससम्बन्धी सम्झौतामा आइतवार (आज) नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद÷नेपाल नर्सिङ परिषद्÷नेपाल फर्मासिस्ट परिषद्÷नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषदबीच हस्ताक्षर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share