हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

कोहलपुर, जेठ ९,

हेटौँडा अस्पतालमा आइतवारदेखि अक्सिजन उत्पादन सुरु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित अस्पतालमा हेटौँडा उपमहानगरपालिकाले अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरेर आजदेखि उत्पादन पनि सुरु गरेको हो । मेयर हरिबहादुर महतले अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् ।

कोरोना सङ्क्रमित भएर अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि अक्सिजन दिनकै लागि समस्या भएपछि तत्काल प्लान्ट स्थापना गरेको हो । काठमाण्डौ लैजानका लागि रक्सोल भन्सारमा रहेको अक्सिजन प्लान्ट उपमहानगरपालिकाको समन्वयमा हेटौँडा अस्पतालमा जडान गरिएको हो । अक्सिजन प्लान्ट ल्याउने व्यवसायीले तिरेको खरिद मूल्य ३८ लाख रुपैयाँ उपमहानगरपालिकाले दिने भएपछि अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको हो ।

अस्पतालमा जडान गरिएको प्लान्टबाट दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन हुनेछ । अहिले हेटौँडा अस्पतालमा ५४ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share