‘गजल’-सरोज परियार

सपना बोकेर हिँडेको हुँ घरबाट
टाढै बस्नु पर्ने रैछ म शहरबाट

सपना अनेक थिएर त हिँडेको थियो
थिचिएको छु अचेल आफ्नै रहरबाट

सताउन त निकै सताउँछ यादहरुले
चट्टान बनेर देखाउनु छ बगरबाट

छोराको गन्तव्य सकिएको छैन आमा
मुटु बलियो पार्ने दबाई खानु डाक्टरबाट

लकडाउमा अल्झेका कयौ छन यहाँ
सुरक्षित रहनु छ कोरोना कहरबाट

सरोज परियार
गोरखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share