चक्रवातका कारण भारतमा कम्तीमा ३३ जनाको मृत्यु

कोहलपुर, जेठ ५,

अरब सागरमा उत्पन्न भएको ताउ–ते चक्रवातका कारण भारतमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।

गुजरात, केरला, गोवा, महाराष्ट्र, मुम्बइ लगायतका राज्यहरुमा प्रभाव पारेको चक्रवातले कम्तीमा ३३ जनाको ज्यान जानुको साथै ९० जना भन्दा धेरै हराइरहेका बीबीसी हिन्दीले जनाएको छ । मुम्बईको समुद्री किनार नजिक पी ३०५ जहाज डुब्दा उनीहरु हराएका हुन् ।

बेपत्ता भएकाहरुको खोजी भइरहेको भारतीय जलसेनाले जनाएको छ । चक्रवातको असरले गुजरातमा धेरै क्षति पुर्याएको छ । भारतीय मौसम विभागले आजदेखि चक्रवात कमजोर हुँदै जाने बताएको छ । गुजरातमा अझै केही समय ठूलो पानी भने पर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share