अक्सिजन उत्पादन गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पूर्वाधार उपलब्ध गराउने

कोहलपुर, जेठ ५,

अक्सिजन उत्पादन गर्नका लागि कम्पनीहरुलाई जग्गा लगायतका पूर्वाधार उपलब्ध गराउने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बताएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले अक्सिजन उत्पादनका लागि आए औद्योगिक क्षेत्रको जग्गा, विद्युत, पानी लगायतका पूर्वाधार उपलब्ध गराउने तथा नियमावली छोट्याएर भएपनि उद्योगलाई काम गर्न सहज बनाइदिने बताए । नेपालमा अब अक्सिजन सिलिन्डरको अभाव नहुने भएकाले र माग अनुसारको अक्सिजन उत्पादन गर्न आवश्यक रहेको बताए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लगानीकर्ता व्यवसायीले लिमिटेडको जग्गा रहेको हेटौंडा, मोतिपुर, नेपालगञ्ज, सुदूरपश्चिम लगायतका ठाउँमा अक्सिजन उत्पादनको प्लान्ट राख्न सहजीकरण गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share