‘गजल’-बाबु देवकोटा

माहुरी उडिसके पछाडी घार आयो
स्विकार्नै पर्ने यस्तो उपहार आयो

आफ्नो ख्याल गर्नु भन्ने मान्छेको पनि
सोच्दै नसोचेको यो कस्तो समाचार आयो

अब हामीले जिउँदै मर्नु पर्छ बाबु
यो महामारी भन्दा ठुलो सरकार आयो

बाबु देवकोटा
टिकापुर, कैलाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share