राप्ती सोनारीमा सडक दुर्घटनाबाट दुई जनाको ज्यान गयो

कोहलपुर, जेठ २,

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ झिजरीपुलमा सवारी दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने झिजरीपुलमा पश्चिमबाट पूर्व गैरहेको ना ६ ख ४९०९ नम्बरको ट्रकले पूर्वबाट पश्चिम आउँदै गरेको से ३ प ३२१४ मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार २ जनाको ज्यान गएको हो । ज्यान जानेमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का १९ वर्षिय कृष्ण प्रसाद थारु र सोही ठाउँका वर्षिय २८ चिरञ्जेवी चौधरीको रहेका छन् ।

दुर्घटनामा परी घाईते भएका द्धोयको उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजादै गर्दा ज्यान गएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ठक्कर दिने ट्रक ईलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा रहेको डिएसपी रविन्द्र खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share