नेपालमा चरम स्वास्थ्य सङ्कट देखिएको भन्दै आपतकालीन सहयोग गर्न अनुरोध

कोहलपुर, जेठ २,

विश्व स्वास्थ्य सङ्गठन र नेपालस्थित संयुक्त राष्ट्र सङ्घीय कार्यालयले नेपालमा चरम स्वास्थ्य सङ्कट देखिएको भन्दै आपतकालीन सहयोग गर्न अनुरोध गरेका छन् ।

राष्ट्र सङ्घीय कार्यालयले अस्पतालले यतिबेला अक्सिजन, बेड, अत्यावश्यक आपूर्ति र प्रशिक्षित मानव संसाधनको अभावको सामना गरेको उल्लेख गर्दै परीक्षणको अनुपातमा कोभिढ पोजेटिभ देखिएको अनुपात द्रुत गतिमा बढेर ४५ प्रतिशत नाघेको जनाएको छ । कार्यालयले हालको अवस्थाको बारेमा एक विवरण सार्वजनिक गर्दै नेपालका लागि तत्कालै अक्सिजन, महत्वपूर्ण औषधि र परीक्षण किट, पीपीई र अस्थायी अस्पताल सहित खोप आवश्यक भएको उल्लेख गरिएको छ ।

राष्ट्र सङघले नेपाललाई तत्कालै ६० हजार सिलिन्डर अक्सिजन, दुई हजार कन्ड्रेसेन्टरहरू, १० वटा ट्याङ्क, ७ प्लान, एक हजार हाइफ्लो नसल क्यानुला, टेस्टिङ किट (आरटी–पीसीआर र एन्टिजेन आरडीटी), सघन उपचार शैय्या, अस्थायी अस्पतालह र पीपीई आवश्यक भएको बताएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि नियमित पत्रकार सम्मेलनमार्फ भारत, नेपाल लगायतका दक्षिण एसियाली मुलुकमा कोरोना भयावह बनेको भन्दै आवश्यक सहयोग गर्न अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share