भारत र नेपालगञ्जबाट फर्केकाहरुबाट कोरोना फैलिएको प्रहरीको रिपोर्ट

कोहलपुर, जेठ २,

कोरोना महामारी तीव्र गतिमा फैलिएपछि नेपालको अधिकांश जिल्लामा निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

सहरको कार्यस्थल धेरै व्यक्तिहरू गाउँघरमै फर्किएका छन् । तर उनीहरूले सावधानी नअपनाइँदिँदा गाउँमा पनि कोरोना सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङक्रमण भएका तर गाउँ फर्केकाहरू आइसोलेसनमा नबस्ने र सुरक्षाका मापदण्ड पालना नगरी जथाभावी डुल्दा स्थानीयबासी त्रसीत छन् ।

भारत र नेपालगञ्जबाट फर्किएका व्यक्तिहरूले सुरक्षा सावधानी पूर्ण रूपमा नअपनाएका कारण कोरोना फैलिएको रिपोर्ट प्रहरी प्रशासनले पाएको छ । नगरपालिकाका जनस्वास्थ्य निरिक्षक नीशा थापाले समुदायका नागरिकबाट निषेधाज्ञाको पूर्ण पालना नभएको पाइएको बताए । भारतको विभिन्न स्थान र धनगढीबाट फर्किएका ५ जनामा कोरोना पुष्टि भएपछि डोटीको सायल गाउँपालिकाले भने आइसोलेसनमा बस्नैपर्ने बाध्यात्मक नीति लिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेले जानकारी दिए ।

विज्ञहरूका अनुसार कोरोना सङ्क्रमणको लक्षण देखिएको ४८ घण्टा अघिदेखि नै एकबाट अर्को व्यक्तिमा सरीसकेको हुन्छ । त्यसैले पनि जथाभावी डुल्ने, जमघट गर्ने कार्य नेताकार्यकर्तादेखि साधारण व्यक्तिले तत्काल रोक्नुपर्छ । सङक्रमण फैलिने नदिन स्थानीय सरकारहरूको भूमिका अझ धेरै हुने जनस्वास्थ विद् सुजन मरहट्टाको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल १ लाखभन्दा धेरै कोरोना सङ्क्रमित होम आइलोसेनमा छन् ।

सङक्रमण देखिएपछि व्यवस्थापनसँगै, विवाह, ब्रतबन्ध, मृत्यु र पूजाआजाको नाउमा गाउँमा हुने भीडभाडमा स्थानीय सरकारहरूले खासै कडाइ गरेका छैनन् । यसबाट पनि सङ्क्रमण र मृत्युदर बढिरहेको विश्लेषण स्वास्थ्य मन्त्रालयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share