जनता समाजवादी पार्टी जसपामा विवाद

कोहलपुर, जेठ २,

पछिल्लो पटक सरकार गठनका बारेमा जनता समाजवादी पार्टी जसपामा विवाद देखिएको छ ।

पार्टी भित्र विवाद चर्किरहेको बेला अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले भने आपत्ति जनाएका छन् ।

ठाकुरले एक विज्ञप्ति मार्फत पार्टीले कुनै आधिकारिक बैठक नबोलाएको भन्दै यसबारे आफ्नो ध्यानाकर्षण भएको बताए । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने बारे प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यसो जानकारी समेत नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ, उहाँले भन्नुभएको छ । जसपा नेपालको कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत रहेको छ । सोही बहुमतको आधारमा लुम्बिनी प्रदेशको सरकारलाई सहयोग गरेका चारजना सांसदलाई कारवाही गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share