लकडाउनको बन्दाबन्दिलाई अवसरको रूपमा लिएका बिक्रम शिशिरको कलाकृत

कोहलपुर, जेठ २,

२०६१सालमा नेपाली चलचित्र शिर्षकमा बृहत कला प्रदर्शनी भएपछि २०६४ सालबाट टिकट सिस्टमले नेपाल आर्ट काउन्सिल बबरमहलमा एक ब्यक्ति एक कलाकृति प्रदर्शनी भएको थियो । त्यसपछि मात्र नेपाली कलाकारहरूमा कला प्रदर्शनीको ब्यापकता ब्याबसासिकताको उठान भएको मानिन्छ । त्यसपछि विभिन्न समयमा राजधानी हुदै मोफसलका कलाकारहरूमा पनि सामुहिक वा एकल चित्रकला प्रदर्शनीको बिकास भयो ।

२०७७ असार २३ गतेदेखि सुरु गरेको ३६५दिने च्यालेन्ज अथवा एक दिन एक कला कृति सोसल मिडियामा पोस्ट गर्ने क्रममा ३०४औं कृति वा ३०४ दिन पुरा गरीरहँदा अथवा च्यालेन्जका रूपमा (महामारी मा बमबारी) नामक कलाकृति पोस्ट गरेको छु । बितेका केही दिनदेखि प्यालेस्टाइन र इजरायल बिच घमासान युद्ध भैरहेको छ । जसको कारण गाजाको पक्षमा सैयौं छन् । ठुलो धनजनको क्षति भएको छ । इजरायलको सैन्य कारवाही को क्रममा हमास बिद्रोही को कार्यालय रहेको तेह्र तले भवन निसानामा परेको थियो ।

२०७६चैत्र ११ गते देखि कोरोना महामारीको कारण हाम्रो देशमा लकडाउन भएको थियो । यस महामारीको प्रभाव नेपाल लगायत संसार भरि बिकराल रूपमा फैलिरहेको थियो । त्यसैको सेरीफेरीमा सामाजिक संजाल ब्लोगरमा ३६५ दिने च्यालेन्जको प्राप्त सूचनालाई आधार बनाएर आफ्नो च्यालेन्ज स्वीकारेर निरन्तरता दिँदै आएको हो । यो र त्यो समय उस्तै उस्तै छ । बिचमा केही महिना जनजीवन सामान्य बन्दै गइरहेको थियो । तर ०७८ बैसाख १५ देखी फेरि कोरोना महामारी नियन्त्रण गर्न सरकारले लकडाउन गरेको छ ।

यस् च्यालेन्ज मा कोरोना महामारी का कारण भयभीत जनजीवन प्रभावित समुदाय बर्ग क्षेत्रमा मेरो सृजना बोलेका छन् त्यसैगरी प्रकृति दैविप्रकोप मानवीय संवेदना वातावरण समाज सरकार सिमाना संकट परिवर्तन परिवार नैतिक आनन्द जिम्मेवारी बिसंगति समय समाधान सरोकार शिक्षा नारी संवेदना सौंदर्य बिचार विश्व घटना जनचेतना युद्ध जलवायु परिवर्तन, संस्कार, मिलन, प्रेम, बिश्वास कुल माटो जननी जन्मभूमि जस्ता बिषयमा मैले आफ्नो च्यालेन्ज मोलेको छु । छिट्टै यो च्यालेन्जको समापन हुँदै छ ।

     हामीले लकडाउनको बन्दाबन्दिलाई अवसरको रूपमा लिएर हाम्रा बालबालिकाको प्रतिभालाई प्रस्फुटन गर्न पोहोर साल लकडाउनकै शिलशिलामा कोहलपुरमा कला भन्ने नारासहित कला बिभाग हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले कोहलपुरमा १५ दिने च्यालेन्ज गरेर यहाँका कलाकार र रूचि राख्ने भाइ बहिनीलाई कोरोनासँग लड्न सक्ने क्षमता बृद्धि हुने मनोबल बढ्न सकोस् भन्दै उनिहरुको कला क्षमता अभिबृद्धि होस् भन्ने हेतुले सो कार्यक्रम संचालन गरेका थियौं । कोहलपुर र आसपासका कलाकार, बालकलाकार सहित साहित्यकारहरूले पनि सहभागिता जनाएका थिए । कला, साहित्य तथा अन्य सृजनात्मक कृयाकलापले कोरोनासँंग लड्न सक्ने क्षमतामा सहयोग गर्ने हुनाले तमाम अभिभावक शिक्षकहरुले आफु र आफ्नो बालबालिकाको मानसिक स्वस्थ राख्न चित्रकला पनि एउटा महत्वपूर्ण पाटो हो भन्ने कुरालाई मध्यनजर गर्दै सृजनात्मक अनुष्ठान मध्य महत्वपूर्ण अनुष्ठान हो । चित्रकला त्यसैले भनिन्छ नि सामान्य मान्छेको आँखाले नदेखिने कुरा कलाकारले आफ्नो चित्रकला मार्फत जनमासमा देखाउन सक्ने क्षमता राख्दछ । त्यसैले सकेसम्म पुस्तक पढ्ने गरौं, आफ्नो रूचीको बिषयमा अध्ययन गरौं आफ्ना बालबालिकाको अतिरिक्त क्षमताको आधारमा सहयोग गरौ बृद्ध बा आमालाई राम्रो स्हार गरौं र आसपास सफा राखौं । 

छरछिमेकमा के भैरहेको छ सम्पर्कमा रहौं । नेपाल सरकारको नीति अबलम्बन गर्दै कोरोना महामारीबाट बच्न र बचाउन लकडाउनको पुर्ण पालना गरौ भन्दै बिभिन्न समयमा विभिन्न बिन्दु र ३६५दिने च्यालेन्ज बिस्तृत रुपमा जनमानसमा राख्न मदत गर्ने ई आवाजलाई हार्दिक धन्यबाद ।

बिक्रम शिशिर
कला बिभाग प्रमुख, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान
कोहलपुर, बाँके, ९८५८०३९५३७

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share