हालसम्म बाँकेमा ११ हजार ६ सय ९ जनाले कोरोना जिते

कोहलपुर, जेठ २,

बाँके जिल्लामा कोरोना संक्रमितको दर थपिएसँग निको भएर घर फर्किनेहरुको संख्या पनि बढिरहेको छ ।

शनिबार १ सय ९६ जना महिला र २ सय ४१ पुरुष कोरोना जितेर घर फर्किएका थिए । हालसम्म जिल्लामा कोरोना निको भएर ११ हजार ६ सय ९ घर फर्केका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

अहिलेसम्म कोरोना जितेर घर फर्किनेहरुमा ४ हजार ७ सय ९९ महिला र ६ हजार ८ सय १० पुरुष रहेका छन् । ४ सय ३७ कोरोना जितेर घर फर्किदा पछिल्लो २४ घण्टामा जिल्लामा थप ९७ जनामा कोरोना संक्रमण भेटिएको छ । जसमध्ये ४६ महिला र ५१ पुरुष गरेर ९७ जनामा संक्रमण देखिएको हो । यस्तै सोही समयमा बाँकेका विभिन्न अस्पतालमा उपचारत १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

७ जना जिल्लाभित्रका र ७ जना जिल्ला बाहिरका संक्रमितको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । अहिलेसम्म बाँकेमा जिल्लाभित्र र बाहिरी जिल्लाका गरेर ४ सय १० जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा बाँकेमा ७ जनाको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा ६ जना र नेपालगन्ज मेडिकल कलेजमा एकजना गरि थप सात जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share