एउटै गाउँका पाँच जनाको मृत्य भएपछि वडा नै शिल

कोहलपुर, जेठ १,

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ शिल गरिएको छ ।

कौशिला नगर क्षेत्रमा एउटै गाउँका पाँच जना नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएपछि कोहलपुर प्रहरी र स्थानीय वडापालिकाले उक्त वडा शिल गरेको हो । वडाको क्षेत्रमा बिशेष काम बाहेक कोही पनि मानिस घर बाहिर ननिस्कन अपिल गरिएको छ ।

यदि कसैले अटेरी गरी घर बाहिर निस्किएर लकडाउनको उल्लघन गरे कडा कारवाही गरिने इलाका प्रहरी कोहलपुरले जनाएको छ । कोहलपुरमा कोरोनाका कारण दर्जनौं नागरिकले ज्यान गुमाईसकेका छन । उत्तिकै संख्यामा संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share