सुपर लिग फुटबलमा चितवन र बुटवलको बराबरी

कोहलपुर, बैशाख १५,

पहिलो संस्करणको नेपाल सुपर लिग फुटबलमा चितवन र बुटवलले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा चितवन र बुटवलले २–२ गोलको बराबरी खेलेको हो । बराबरी खेलसँगै चितवनले २ खेलमा २ अंक जोडेको छ ।पहिलो खेलमा चितवनले ललितपुर सिटीसँग १–१ गोलको बराबरी खेलेको थियो । बुटवलको यो पहिलो बराबरी हो ।बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० ले हराएको थियो ।

बुटवलले २ खेलमा ४ अंक जोडेको छ ।खेलमा चितवनका जर्ज प्रिन्स कार्की प्लेयर अफ दि म्याच चुनिएका छन् । प्रोमोसिङ प्लेयर अफ दि म्याच बुटवलका लक्ष्मण रुचाल चुनिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share