पाँचौ अन्तर मा.वि मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद समापन

कोहलपुर, चैत्र ३१,

पाँचौ अन्तर मा.वि मेयर कप तथा तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्डका छनौट खेलकुद प्रतियोगीता समापन कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले खेलकुद क्षेत्रमा कोहलपुरलाई अग्रस्थानमा राख्नु पर्ने बताएका छन् ।

रावतले कोहलपुर क्षेत्रलाई खेलकुद हवका रुपमा विकास गर्न आवश्यक रहेको बताए । उनले खेलकुदका कार्यहरु नियमित हुँदै आएको र निरन्तर भैरहने धारणा व्यक्त गरे । कोहलपुररबाट राष्ट्रियदेखि अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्नसक्नु पर्ने रावतको भनाई थियो । समापन कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्याल, एकिकृत नेकपा माओवादी प्रदेश नम्बर ५ सदस्य नरेन्द्र न्यौपाने, कोहलपुर नगरपालिका कार्यपालिका सदस्य नारायणी वली लगायतका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम द्धिर्तिय, तीर्तिय स्थान ओगट्न सफल विद्यार्थीलाई सम्मान गरिएको थियो भने उपाधी जित्ने विद्यालयलाई ट्रफी, प्रमाणपत्रका साथ पुरस्कृत गरिएको थियो ।
खेलकुद प्रतियोगितामा २९ विद्यालयले सहभागिता जनाएका थिए । ‘स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ कृष्ण मा.बि कोहलपुर १ कौशिलानगरमा चौथो मेयर कप एबं १३ औं रास्ट्रपति रनिङशिल्ड छनौट खेलकुद सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share