हेर्नुस  विश्वकप २०१८ मा खेल्ने ३२ राष्ट्रमा को को परे ।

काठमाडौं, कात्तिक ३० प्ले अफ अन्तर्गतको दोस्रो खेलमा न्युजिल्याण्डलाई २–० ले हराउँदै पेरुले रुसमा हुने विश्वकप फुटबलका लागि छनोट पक्का गरेको छ। योसँगै विश्वकप फुटबल खेल्ने ३२ राष्ट्रकै टुंगो लागेको छ। घरेलु मैदान स्टाडियो नेशनल लिमामा पहिलो हाफमा १–० को अग्रता बनाएको पेरुले दोस्रो हाफमा अर्को गोल थप्दै समग्रमा २–० को नतिजा निकाल्यो। २७ औं मिनेटमा जेफर्सन फारफानले गोल गर्दै घरेलु टोलीले अग्रता बनाएको थियो। खेलमा केही राम्रा अवसर सृजना गरेपनि न्युजिल्याण्डले गोल गर्न नसक्दा पराजय भोग्न बाध्य भयो। दुई राष्ट्रबीच यसअघि भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो।

विश्वकपमा पुग्न सफल ३२ राष्ट्रहरू

एशियाबाटःअष्ट्रेलिया, ईरान, जापान, दक्षिण कोरिया र साउदी अरेबिया

अफ्रिकाबाटः इजिप्ट, मोरक्को , नाईजेरिया, सेनेगल, ट्युनिसिया

युरोपबाटः बेल्जियम, क्रोएसिया, डेनमार्क, इङल्याण्ड, फ्रान्स, जर्मनी, आइसल्याण्ड, पोल्याण्ड, पोर्चुगल, रसिया, सर्बिया, स्पेन, स्विडेन र स्विट्जरल्याण्ड

मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाटः कोष्टारिका, मेक्सिको, पेरु र पानामा

दक्षिण अमेरिकाबाटः अर्जेन्टिना, ब्राजिल, कोलम्बिया र उरुग्वे

Leave a Reply

Your email address will not be published. Required fields are marked *