राष्ट्रियसभा निर्वाचन लगत्तै सत्ता हस्तान्तरणः मन्त्री प्रधान

१७ पौष, २०७४
काठमाडौं: रक्षामन्त्री भिमसेनदास प्रधानले राष्ट्रियसभा निर्वाचन लगत्तै सरकार सत्ता हस्तान्तरण गर्ने पक्षमा रहेको बताएका छन् ।

काठमाडौं सुनचाँदी व्यवसायी संघले नव निर्वाचित जनप्रतीनिधीहरुको सम्मानमा गरेको कार्यक्रममा मन्त्री प्रधानले संविधानले गरेको व्यवस्था अनुसार राष्ट्रीयसभा निर्वाचनपछी मात्र संघिय संसदले पुर्णता पाउने हुँदा त्यसपछी सत्ता हस्तान्तरण हुने बताए ।

उनले निर्वाचनको विषयमा निर्वाचन आयोगसँग सरकारले परामर्श गरिरहेको र छिट्टै बस्ने मन्त्री परिषद बैठकले मिती तय गर्ने समेत प्रस्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *