कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनको तयारी तिव्र, व्यापक प्रचार प्रसार

कोहलपुर, फागुन २०,

कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनको तयारी तिव्रताका साथ भैरहेको छ ।

आगामी कार्यकालका लागि उम्मेद्वारी दर्ता गराएका उम्मेद्वारहरु चुनावी प्रचार प्रसारमा व्यवस्त देखिएको छ । आगामी कार्यकालको निर्वाचन आउन दुई दिन मात्रै बाँकी रहेको छ । चुनाव आउन दुईदिन बाँकी रहँदा उनीहरु आ–आफ्नो प्यानललाई जिताउनको लागि भोट माग्न व्यापक प्रचार प्रसार गरिरहेका छन् ।

दुवै जना उम्मेदवारले आफ्नो पक्षमा मतदाता आकर्षित गर्नको लागि गीतका माध्यमबाट पनि प्रचार गरिरहेका हुन् । भोली (शुक्रबार) हुने निर्वाचनमा आगामी कार्यकालका लागि साझा समावेशी व्यवसायी प्यानल र लोकतान्त्रिक समावेशी व्यवसायी समूह चुनावी मैदानमा छन् । केन्द्रमा राजनीतिक रुपमा विभाजित सत्ताधारी नेकपा समर्थित साझा प्यालनको कमाण्डर विष्णु खनाल छन् । यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट लोकतान्त्रिक समूहका व्यावसायीहरुको नेतृत्व लक्ष्मणराज पौडेलले सम्हालिरहेका हुन् ।

उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागी हुन गईरहेको निर्वाचनमा बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानललाई बिजयी गराउनका व्यवसायी भेटघाट अभियानलाई जारी राखिएको छ । भने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट लोकतान्त्रिक समूहका व्यावसायीहरुको नेतृत्व लक्ष्मणराज पौडेलले पनि भेटघाट अभियानमै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *