सुकुम्बासीहरु आन्दोलित, सरकारी जग्गा पाउनु पर्ने माग

कोहलपुर, फागुन १६,

अव्यवस्थित भूमिहीन तथा सुकुम्बासीहरु विगत केही दिनदेखि आन्दोलित भएका छन् ।

नगर बिकासको सरकारी जग्गा पाउनुपर्ने भन्दै उनीहरु आन्दोलित भएका हुन् । संघर्ष समिति निर्माण गर्दै उनीहरुले सडक चक्काजाम गर्दै आन्दोलन गरिरहेका छन् । आईतबार पनि उनीहरुले वडा नम्बर ११ को वडा कार्यालय अगाडी बसेर सडक चक्काजाम गरेका थिए ।

उनीहरूले स्थानीय तहले लगत संकलनमा भूमिहीन र सुकुम्बासीहरुलाई सहभागी नगराएको भन्दै उनीहरुले तीन देखि शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् । उनीहरुले कोहलपुर नगरपालिका वडा नम्बर ११ को कार्यालयमा नारा जुलुस सहित धर्ना समेत दिएका थिए । उनीहरुको धर्नाका कारण वडा नम्बर ११ को कार्यालयको कामकाज ठप्प भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *