महिलाहरुका लागि पत्रकारिता तालिम नेपालगंजमा सुरु

कोहलपुर, फागुन १६,

पत्रकारिता क्षेत्रमा महिला सहभागिता बढाउनका लागि मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) ले १० दिने पत्रकारिता तालिम सुरु गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ को सहयोगमा हुरीपपले पत्रकारिता गर्न इच्छुक र भर्खर सुरु गरेका महिलाको लागि तालिम सुरु गरेको हो । १५ जना सहभागी तालिमको उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिका बडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले महिला पत्रकार वृद्धि र दिगोपनाका लागि वडाले सहयोग गरेको बताए ।

पुरुष पत्रकारहरु धेरै अघि बढिसकेको भन्दै उनीहरुलाई भेटाउन महिला पत्रकारहरु दौडनुपर्ने अवस्था भएको वडा अध्यक्ष बेहनाले बताए । राज्यको चौंथो अंग पत्रकारीतामा महिलाको अर्थपूर्ण सहभागिताले नै समग्र समावेशिकरणको मुद्दा अर्थपूर्ण हुने उद्देश्यका साथ तालिम सुरु भएको हो ।महिला पत्रकारहरुको संख्यात्मक मात्र नभई गुणात्मक वृद्धिका लागि तालिमको आयोजना गरिएको हुरीपपका अध्यक्ष आलम खानले बताए ।

खानले पत्रकार महिलाको क्षमता र दक्षता अभिबृद्धि मुलुकको समृद्धीका लागि अपरिहार्य भएकोले पत्रकारीता तालिम आयोजना गरिएको बताए । राजनतिक संरचनाहरु महिला मैत्री बन्दै गएको भएपनि सामाजिक दृष्टिकोणहरु महिला प्रति अझै उदार बनि नसक्नु पत्रकार महिलाका लागि ठूलो चुनौती रहेको अध्यक्ष खानको धारणा थियो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का सदस्य मेनका बैध,जयपत्रा कोरी, प्रेस संगठन नेपाल बाँकेका संयोजक डक्ट प्रसाद धिताल, पत्रकार गोपी बुढा लगायतले महिला पत्रकारिता बारे चर्चा गरेका थिए । १५ जना सहभागी तालिम १० दिन सम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *