कोहलपुरका सुकुम्बासीहरुको आन्दोलन, ‘भूमिहीनहरुको समस्या सुनिश्चित गर’

कोहलपुर, फागुन ११,

बाँकेको कोहलपुरमा रहेका भूमिहीन तथा सुकुम्बासीहरु आन्दोलित भएका छन् ।

कोहलपुर नगरपालिकाका विभिन्न क्षेत्रमा अव्यवस्थित रुपमा बसोबास गरिरहेका उनीहरु विभिन्न माग राख्दै आन्दोलित भएका हुन् । भूमिहीन तथा सुकुम्बासीहरुले अव्यवस्थित भूमिहिन दलित सुकुम्बासीको लागत तत्काल लिनुपर्ने, बसाई सराई लगायत व्यक्तिगत घटना तत्काल दर्ता गरिदिनु पर्ने, कोहलपुर नगरपालिका क्षेत्रमा बसोबास गर्ने अव्यवस्थित तथा सुकुम्बासीहरुको पहिचान गरी तत्काल स्थायी समस्या समाधानका लागि पहल गर्नुपर्ने माग राख्दै उनीहरु आन्दोलित भएका हुन् ।

सरकारले भूमिहीन र सुकुम्बासीहरुलाई जग्गा तथा लालपूर्जा प्रदान गर्नको लागि शुरु गरिएको लागत संकलनमा आफूहरुलाई सहभागी नगरेको उनीहरुको दुखेसो छ । ‘सम्पूर्ण अव्यस्थित भूमिहीन दलित सुकुम्बासी एकजुट होऔँ’ मुलनारा सहित उनीहरुले सोमबार कोहलपुरमा उनीहरुले नारा जुलुस निकालेका थिए । उक्त अवसरमा उनीहरुले‘ बसाईसराई दर्ता गर, अव्यवस्थित बसोबासी भूमिहीनहरुको समस्या सुनिश्चित गर, एकल महिला तथा तथा बृद्धहरुको सामाजिक सुरक्षा कायम गर, बसाई सराई भएका घरधुरी गर कायम गर ’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन र धर्ना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *