भारतबाट थप २० लाख डोज खोप खरिद गर्ने सरकारको निर्णय

कोहलपुर, फागुन ५,

सरकारले भारतबाट खोप खरिदका लागि बाटो खुला गरेको छ ।

भारतीय खोप उत्पादक कम्पनी सिरन इन्स्टिच्यूटको सर्त अनुसार अग्रिम भुक्तानी गरेर सरकारले २० लाख डोज खोप खरिदका लागि बाटो खुला गरेको हो । कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो । नेपालमा १० लाख डोज कोरोना खोप उपलब्ध गराएको भारतको सिरम इन्स्टिच्युटसँग सरकारले २० लाख डोज खोप किन्ने तयारी गरेको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप उत्पादन गरिरहेको उक्त कम्पनीले खोपको रकम सुरुमै भुक्तानी गर्नुपर्ने सर्त राखेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद ऐन र नियमावली अनुसार अग्रिम भुक्तानी गर्न नसक्ने भएपछि बाधा अड्काउ फुकाउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो । मन्त्रालयको उक्त प्रस्तावलाई पास गर्दै मन्त्रिपरिषदले खोप खरिदका लागि अग्रिम रकम भुक्तानीको बाटो खुला गरेको हो ।

सुरुमा सिरमले प्रति डोज ४ डलर ४ सेन्टमा २० लाख डोजमा खोप उपलब्ध गराउने बताएको थियो । तर नेपालका तर्फबाट प्रतिडोज ४ डलरमा उपलब्ध गराउन पहल भएको थियो । कम्पनीले नेपालको प्रस्तावलाई स्वीकार गर्दै ४ डलरमा खोप उपलब्ध गराउन सहमत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *