विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २४ लाख नाघ्यो

कोहलपुर, फागुन ४,

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २४ लाख नाघेको छ ।

वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभर थप ६ हजार ३ सय २ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २४ लाख १ हजार २ सय ५० पुगेको छ । गत २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकामा रहेका छन् । अमेरिकामा मात्रै ९ सय ५१ जनाको मृत्यु भएको छ ।

योसँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख नजिक पुगेको छ । कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म कोरोनाका कारण ४ लाख ९८ हजार २ सय ३ जनाको मृत्यु भइसकेको छ । यस्तै कोरोनासङ्क्रमणका कारण गत २४ घन्टामा ब्राजीलमा ५ सय १, रुसमा ३ सय ९४, फ्रान्समा ४ सय १२, बेलायतमा २ सय ३०, स्पेनमा २ सय ३४, इटालीमा २ सय ५८ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ११ करोड नजिक पुगेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार हालसम्म विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको सङ्ख्या १० करोड ९६ लाख७० हजार ४ सय ७३ पुगेको छ भने सङ्क्रमित भएकामध्ये ८ करोड ४२ लाख ५ हजार ८९ जना स्वस्थ भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *