प्रधानमन्त्री ओली नेतृत्वको सरकार गठन भएको तीन वर्ष पूरा

कोहलपुर, फागुन ३,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ ।

२०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सोही वर्षको फागुन ३ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार गठन भएको थियो । प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित आफ्नो कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्दै बितेका तीन वर्षमा सरकारले प्राप्त गरेका उपलब्धिबारे जानकारी दिए ।

दुई तिहाई बहुमतले बनेको नेकपाको सरकार अहिले काम चलाउ जस्तै बनेको छ । पार्टी विवादका कारण प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि चौतर्फी आलोचना भइरहेको छ भने सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी परेको रिटमाथि बहस जारी छ ।

सरकारले प्रतिनिधि सभा विघटन गरेपछि वैशाख १७ र २७ का निर्वाचनको मिति समेत तोकिसकेको छ । प्रधानमन्त्री ओलीले २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति गरेको सिंहदरबारको उद्घाटन समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *