सामाजिक सुरक्षा कोष सञ्चालन कार्यविधि दोस्रो पटक संशोधन

कोहलपुर, फागुन ३,

सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमबाट योगदानकर्ताले निवृत्तभरण (पेन्सन) बुझ्न पाउने भएका छन् ।

कोष सञ्चालन कार्यविधि दोस्रो पटक संशोधन गर्दै विशेष सापटीको रूपमा जागिरमा हुँदै ० प्रतिशतसम्म रकम निकाल्न पाउने व्यवस्था पनि मिलाइएको छ । सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले कोषबाट सञ्चालनमा ल्याइएका वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत जम्मा हुने योगदान कर्ताको आधारभूत पारिश्रमिकको २ दशमलव ३३ प्रतिशत रकमलाई निवृत्तभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८ दशमलव ३३ प्रतिशत रकम जम्मे हुने व्यवस्था मिलाइएको जानकारी दिए ।

निवृत्तभरण योजनामा जम्मा भएको कूल रकमलाई १ सय ० ले भाग गरी मासिकरूपमा निवृत्तभरण दिने व्यवस्था भएकोमा १ सय ८० भाजकलाई १ सय ६० कायम गरी मासिक निवृत्तभरण रकम बढाउन सक्ने व्यवस्था मिलाइएको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *