बाँकेमा कोरोना भाइरस विरुद्धको दोश्रो चरणको खोप लगाईयो

कोहलपुर, फागुन २,

बाँके जिल्लामा कोरोना भाइरस (कोभिड १९) विरुद्धको दोश्रो चरणको खोप लगाईएको छ ।

कार्यतालिका बमोजिम सम्पुर्ण लक्षित समुहका ब्यक्तिहरुले खोप सेवा लिएका छन् । दोस्रो चरणमा कोहलपुर मेडिकल कलेज र भेरी अस्पताल खोप केन्द्रबाट कोरोना बिरुद्धको खोप लगाईएको हो । कोहलपुर मेडिकल कलेजमा राप्ती, कोहलपुर, बैजनाथका कर्मचारी, बैंक, बिद्युत, हुलाक, प्रहरी, जनप्रतिनिधि, पत्रकारलाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाईएको हो ।

भेरी खोप केन्द« र कोहलपुर मेडिकल कलेज खोप केन्द्रबाट आफुलाई पायक पर्ने स्थानबाट खोप लगाउने मापदण्ड भित्रका कर्मचारीले खोप लगाउन पाउने ब्यवस्था मिलाईएको कोभिड फोकल पर्सन मानव नेपालीले बताए । नेपालीका अनुसार अनुसार, खोप लगाउँदा १८ वर्ष देखि माथि उमेर समूहकालाई लगाईनेछ । जसमा गर्भवती महिला, रक्तश्रावको समस्या भएका, अन्य खोप लगाउँदा एलर्जी भएका र १८ वर्ष मुनिकालाई खोप नलगाईने उनले जानकारी दिए ।

एक व्यक्तिले खोपको डोज पूरा गर्न दुई पटक खोप लगाउनु पर्नेछ । पहिलो खोप लगाएको चार हप्ता पछि पुनः दोस्रो खोप लगाउनु पर्ने उनले बताए । कोरोना भाईरसको लक्षण देखा परेका र सक्रिय संक्रमितलाई यो खोप लगाईने छैन । निको भएका संक्रमितले एक महिनासम्म लगाउनु नपर्ने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *