बराबरीमा रोकियो म्यान्चेस्टर सिटी, क्रिस्टलको बहादुरी

१७ पौष, २०७४
काठमाडौं : इंगलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीको कीर्तिमानी विजयी यात्रामा पुर्णविराम लागेको छ । लगातार १८ जितको कीर्तिमानी यात्रालाई आइतबार राति क्रिस्टल प्यालेसले झड्का दिएको हो ।

खेल गोलरहित बराबरीमा सकियो । खेल क्रिस्टलकै मैदानमा भएको थियो ।

लुकाले अन्तिम समयमा पाएको पेनाल्टी बललाई गोलपोष्टमा पुर्याउन नसक्दा क्रिस्टल बराबरीमै रोकियो । यो खेल जितेको भए क्रिस्टलले पनि नयाँ अध्याय रच्ने थियो ।

अहिलेसम्म लिगमा ५९ अंक जोडेको सिटीमात्र अपराजित छ । सिटीको २१ खेलबाट १९ जित र २ बराबरी छ ।

त्यसैगरी आर्सनलले महत्वपुर्ण १ अंक पाएको छ । वेष्टब्रोमसंग आइतबार राति भएको खेलमा वेष्टब्रोमका जेम्स म्याकक्लिनले आत्मघाती गोल गर्दा आर्सनलले अंक पाएको हो ।

अन्तिम ७ मिनेटमा वेष्टब्रोमले दुवै गोल गर्यो । ८३ औं मिनेटमा जेम्सले आत्मघाती तथा ८९ मिनेटमा जय रोड्रिग्वेजले पेनाल्टी गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *